दुर्गम बस्तीबाट काठमाडौँ पुगेका व्यक्तिहरूलाई हत्तपत्त काठमाडौँमा पत्याउँदैनन् । धेरै संघर्ष गर्नुपर्छ । दैलेखका एक युवा काठमाडौँ पुगेर संघर्ष गर्दै उदाएका छन् । दैलेखको नारायण नगरपालिका वडा नं. ४ सोत जन्मेका ई.प्रकाश के.सी. अहिले देशभरका इन्जिनियरहरुको साझा संस्था नेपाल इन्जिनियर्स एसोसिएसनको केन्द्रीय उपाध्यक्षमा विजयी भई दुर्गमबाट गएर पनिनिरन्तर संघर्ष र मिहेनत गर्न सके सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बन्न सफल भएका छन् ।
गत हप्ता सम्पन्न नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा सुवासचन्द्र बरालअध्यक्षमा विजयी भएका छन् भने उपाध्यक्षमा प्रकाश के.सी.ले सबैभन्दा धेरै मतान्तरले विजयी भएका छन् । उनले ४ हजार ४ सय ९८ मतप्राप्त गरेकाथिए । पूर्वाञ्चल विश्वविद्यालय (हिस्ट) बाट इन्जिनियरिङ व्यवस्थापनमा स्नातकोत्तर गरेका प्रकाश विदेश नजाने र नेपालमै केही गर्ने सोच अनुसार कन्सल्टेन्सी खोलेर वार्षिक २० जनालाई रोजगारी प्रदान गरिरहेका छन् । उनको राजनीतिक यात्रा पनि सफलता तर्फ लम्कि रहेको छ । अहिले उनी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यका रूपमा कार्यरत छन् ।
दैलेखको त्रिभुवन उच्च माविमा कक्षा १० सम्मको अध्ययन पछि उनी अध्ययनको सिलसिलामा काठमाडौँ गएका थिए । बुवाआमाले दैलेख सदरमुकाममा भाँडा पसल सञ्चालन गरेर उनलाई माथिल्लो तहको अध्ययनका लागि काठमाडौँ पठाएका थिए । उनको सफलताले उनका बुवा मनबहादुर कटुवाल पनि खुसी देखिन्छन् । भाइ रोहन लगायत सबैले खुसी साटेका छन् । प्रकाशकीआमालक्ष्मी कटुवालको भने रोगका कारण अल्पआयुमै मृत्यु भइसकेको छ । आज हामीले नेपाल इन्जिनियर्स एसोसिएसनका उपाध्यक्षमा प्रकाश के.सी.सँग उनको सफलताको बारेमा कुराकानी गरेका छौं ।
अध्ययनको यात्रा कसरी सुरुवात गर्नुभयो ?
दैलेखको त्रिउमाविमा कक्षा १० सम्म अध्ययन गरिसके पछि बुवाआमाले पढ्न काठमाडौं पठाउनुभयो । काठमाडौंको अस्कल लैनचौरमाआईएससी अध्ययन सकेपछि पश्चिमाञ्चल क्याम्पस पोखराबाट इन्जिनियरिङ पास गरेँ । लगत्तै पूर्वाञ्चल विश्वविद्यालय (हिस्ट)बाट इन्जिनियरिङ व्यवस्थापनमा स्नातकोत्तर पास गरेसँगै अहिले काठमाडौँमा कन्सल्टेन्सी खोलेर २० जनायुवाहरूलाई वार्षिक रूपमा रोजगारी प्रदान गर्दै आएको छु । क्याम्पस पढ्दा देखिनै राजनीतिमा रुचि हुँदै आएको थियो । स्नातक तह अध्ययन गर्दा नेविसंघ सभापति बन्ने अवसर प्राप्त गरे । त्यसपछि सिडेनको केन्द्रीय सदस्य भएँ, अहिले देशभरका इन्जिनियरहरुले मलाई माया गरेर केन्द्रीय उपाध्यक्षमा निर्वाचित गराउनु भएको छ । सबैलाई धन्यवाद दिन चाहन्छु ।
दुर्गमको एउटा युवाले काठमाडौँसम्म संघर्ष गर्दा कत्तिको चुनौतीहरू आए ?
चुनौतीहरू मानवजीवनमाआइरहन्छन् । चुनौतीबिना सफलताप्राप्तगर्न पनि सकिँदैन ।प्रतिस्पर्धा सबैसँग गर्नुपर्ने हुन्छ ।प्रतिस्पर्धासँगै सहकार्य र सहमतिपनि सँगसँगै गर्नुपर्ने हुन्छ । नेता र नेतृत्वसँगपनिपहुँचविस्तार लगायतकाविषयहरूमा समस्याहरू हुने गर्दछन् । चुनौतीजतिसुकै आएपनिव्यक्तिले आफ्नो कामलाई निरन्तरताप्रदानगर्दै जाने हो भने सफलताअवश्यपनिहात पर्छ ।
स्थानीय तहमा काम गर्ने इन्जिनियरलाई अहिले धेरै चुनौतीहरू छन् नि ?
पछिल्ला दिनहरूमा स्थानीयतहमा केही चुनौतीहरू आएका छन् । पालिकामा आउने ५० प्रतिशत बजेट विकासको नाममा आउँछ । विकास गर्दा केही विषयहरू प्राविधिक जटिलताका लागि आउने गर्दछन् । प्राविधिक विषयहरू नबुझेर जनप्रतिनिधिहरूले कतिपय कामहरू फोर्सफुल्ली गर्न लगाउने प्रचलनका कारणले पनि इन्जिनियरहरु दबाबमा पर्ने गरेका छन् । पालिकामा ठूलाभन्दा साना-साना योजनाहरू धेरै छन् । एउटै व्यक्तिले सयौँ योजनाको स्टिमेट बनाउने, साइड हेर्ने, भुक्तानीका लागि पनि अनुगमन गर्नुपर्ने बाध्यता छ । स्थानीय पालिकामा एउटा सिभिल इन्जिनियर सबै क्षेत्रमा विज्ञ हुनुपर्ने अवस्थाले पनि चुनौती थपिएको छ । स्थानीय स्तरमा जनशक्तिको अभाव पनि उत्तिकै छ । सबै कामहरू एउटाले गर्दा कहीँ कतै समस्याहरू हुने गर्दछन्, अन्जानमा भएका गल्तीहरूलाई अनावश्यक टिका टिप्पणीहरु गर्नु राम्रो होइन । सबैको उद्देश्य गाउँको विकास गर्ने हो । त्यसैले हरेक विकासलाई दिगो र पारदर्शी बनाउन सबैले सहयोग गर्नुपर्दछ ।
आगामी योजना के छ ?
मैले प्राप्त गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेछु भनेर धमाका दैनिकमार्फत सबैलाई प्रतिबद्धता व्यक्तगर्न चाहन्छु । अहिले हामीले उठाएको विषयभनेको स्टाफ इन्जिनियरिङ कलेजको आवश्यकता खड्किएको विषय हो त्यसका लागि अधिकतम प्रयास गर्नेछौँ । इन्जिनियरहरुलाई न्यूनतम पारिश्रमिकका बारेमा सरकार र सम्बन्धित निकायहरूमा बहस र पैरवी गरेर अनिवार्य लागू गराउने विषयमा आवाज उठाउने छौँ । प्राविधिक विद्यालयहरूमा करारमा काम गरि रहेका इन्जिनियर शिक्षकहरूलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी प्रक्रियामा लिनुपर्ने आवश्यकता छ । त्यो विषयमा पनि एसोसिएसनको जोडदार पहलहुनेछ । अन्य आवश्यकता अनुसारका बहस, पैरवी र पेशागत सुरक्षाका बारेमा हामी निरन्तर सक्रिय भइरहने छौँ ।
अन्त्यमा ?
नेपाल इन्जिनियर्स एसोसिएसन सम्पूर्ण नेपाली इन्जिनियरहरूको व्यावसायिक हकहितको उद्देश्यले स्थापना भएको र लामो गौरवशाली इतिहास बोकेको संस्था हो । यस संस्थाले देशभरका इन्जिनियरहरूका लागि अभिभावकीय भूमिका निर्वाह गर्दै आइरहेको छ हामी यसलाई थपमजबुत बनाउन सधै क्रियाशीलहुनेछौं । हाल यस संस्थामा देशभरका ४३ हजार इन्जिनियरहरू आबद्ध छन् । इन्जिनियरिङ क्षेत्रकाअग्रजहरूको त्याग, तपस्या र योगदानको उपलब्धि स्वरूप यो संस्थाअहिलेको अवस्थामाआउन सफलभएको कुरालाई हामीले हृदयमा राखेर संस्थाकाविगतकाउपलब्धिहरूको रक्षागर्दै वर्तमानआवश्यकता परिपूर्ति गर्नका लागिकामगर्नेछौं ।
लामो समयदेखि यस संस्थामा गोलबन्द भई व्यावसायिक हकहितमा मैले निर्वाह गरेको भूमिकालाई यहाँहरूले अवश्य पनि नजिकबाट मूल्यांकन गर्नुभएकै छ । आगामी दिनमा थप जिम्मेवारी सहित अझै प्रभावकारी काम गर्नेछु ।
हामीलाई विश्वास गरी ३४ औँ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा ई. सुवास चन्द्र बरालको नेतृत्वमा मलाई उपाध्यक्षको उम्मेदवार बनाउनु भएकोमा सबै जनालाई धेरैधेरै धन्यवाद दिन चाहन्छु । मलाई यो स्थान दिएकोमा धमाका दैनिकलाई पनि धेरैधेरै धन्यवाद ।
प्रस्तुति विष्णु शर्मा ।











